काठमाडौँ ३ चैत्र ।
नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीका तर्फबाट सरकारमा मन्त्री बनेकाहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मङ्गलवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले आफ्नो दलबाट मन्त्री बनेकाहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो । यद्यपी ती मन्त्रीहरुले नेकपा एमाले अर्थात केपी शर्मा ओली संगै रहने भन्दै बक्तव्यबाजी गरिरहेका छन् ।
माओवादीबाट मन्त्री भएका ६ जनाले माओवादी केन्द्र नफकर्ने बताउदै आएका छन् भने उनिहरुले नेकपा एमालेमा जिम्मेबारी समेत पाइसकेका छन् । माओवादी केन्द्रले पनि एमालेमा रहेका आफ्ना सांसदहरु फर्कने आशमा भएका पदहरु समेत बाडफाड गरेको छैन। यस्तै बैठकले पार्टीको विधानलाई संशोधन गर्न तीन सदस्य समितिसमेत बनाएको बताइएको छ ।