Birat Post सोमबार, चैत्र ०२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

काठमाडौँ २ चैत्र ।

पशुपतिको मूल मन्दिरको शिवलिङ्गमा सुनको जलहरी राख्न गरिएको अवरोधलाई सर्वोच्च अदालतले बाटो खोल्दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले सहजबाटो खोल्दिएको हो । गत फागुन १२ गतेको अन्तरकालीन अन्तरिम आदेशलाई अदालतले निरन्तरता दिएन ।

सरकारले पशुपतिमा सुनको जलहरी राख्ने निर्णय गरेपछि उक्त निर्णयविरुद्ध पशुपति क्षेत्र विकास कोषका पूर्वकोषाध्यक्ष नरोत्तम वैद्य र अधिवक्ता नीतिका ढुङ्गानाले छुट्टाछुट्टै रिट दायर गरेका थिए। उनीहरुले दिएको रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइमा न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले जलहरी राख्ने सरकारको निर्णयलाई यथास्थितिमा राख्न अन्तरकालीन आदेश जारी गरेको थियो ।

मन्दिरको शिवलिङ्गमा गत फागुन १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले पूजाआरधना गरी १०८ किलोको सुनको जलहरी अनावरण गरेकी थिइन्। अदालतको यो निर्णय संगै हिन्दूबादी अभियन्ताहरुले अदालतको निर्णयको स्वागत गरेको छ ।

 

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल