न्युयोर्क,२७ अमेरिका।
गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टरले मार्च ९,२०२१ मा निशुल्क खाद्यान्न वितरण गरेको छ । न्युयोर्क शहरको क्वीन्स बोरो स्थित क्वीन्स टुगेदर संस्थाका सह संस्थापक जनाथन फरगास संग फाउण्डेशनले सहकार्य गरी ३४औं पटकको निशुल्क खाद्यान्न बितरण गरेको हो । विभिन्न समुदायका ३७५ जनालाई निशुल्क खाधन्न ,दुध , दही, स्याउ, फ्रोजन चिकन, मिटबल्स, चिज, पियाज, आलु र गाजॅंर वितरण गरेको फाउण्डेशन अमेरिका अध्यक्ष सोमनाथ घिमिरे जानकारी दिए ।
कार्यक्रममा न्युयोर्कको क्वीन्समा रहेका समाजसेवि साडटेम्बा शेर्पा, ढापा बुडा मगर, गणेश श्रेष्ठ, डेभिन क्लोस लगायतको सहभागिता रहेको थियो । यस्तै फाउण्डेशनका तर्फबाट उपाध्यक्ष सुवर्ण लामा, कार्यसमिति सदस्यहरु रामचन्द्र अधिकारी, राजेश आचार्य, प्रेम पौडेल, प्रेम क्षेत्री अधिकारी र ध्रुव कुवॅंर क्षेत्री लगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको सञ्चारका लागि पिक्स ११ न्युजकी टेलिभीजन संवददाता मोनिका मोरालेसले सहयोग गरेकी थिइन् ।