झापा, २६ फाल्गुन ।
झापा मेचीनगर नगरपालिका ६ स्थित न्युन बिशाल होटलबाट बिहिबार लागुऔषध अफिम सहित दुइजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत मनिपुर बस्ने ३० बर्षीया लक्ष्मी क्षेत्री र भारत दार्जिलिङ बस्ने ३८ बर्षीया गायत्री देवी क्षेत्री रहेका छन् । अफिमको कारोबार भईरहेको गोप्य सुचनाको आधारमा लागु औषध नियन्त्रण व्युरो कोटेश्वर काठामाण्डौं र ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उक्त होटलको कोठा नं १०५ बाट प्रतिबन्धित लागुऔषध अफिम २ किलो सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय काकरभिट्टा झापाले जनाएको छ । पक्राउ परेका माथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।