Birat Post मंगलबार, फाल्गुण २५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर२५फाल्गुन/

आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनका लागि पत्रकार मीनकुमार नवोदितले अध्यक्षमा दाबी गरेका छन् । नवोदित नेपाल प्रेस युनियन मोरङका पूर्वअध्यक्ष हुन् । ‘अग्रजलाई सम्मानः युवालाई प्रोत्साहन’ आफ्नो योजना रहेको नवोदितले बताए । उनले आदिवासी, जनजाति, मधेसी सबै क्षेत्रलाई समेटेर आफू अगाडि बढ्ने बताएका छन् । युवा साहित्यकारसमेत रहेका नवोदित नेपाली लेखक संघ मोरङका सचिवसँगै विभिन्न डेढ दर्जन बढी साहित्यिक संघसंस्थामा समेत आबद्ध छन् ।

कारोबार दैनिकको प्रदेश–१ संयोजक, मकालु टेलिभिजनको सहसम्पादक, विराटसन्देश अनलाइनको सम्पादक, विएफएमको कार्यक्रम प्रस्तोताको जिम्मेवारीमा रहेका नवोदितसँग न्यू सृष्टि दैनिकको प्रधानसम्पादक, विराटपथ दैनिकको कार्यकारी सम्पादक, दर्शन दैनिकको उपसम्पादक, घटना र विचार साप्ताहिकको संवाददाताका रूपमा समेत काम गरिसकेको अनुभव छ । नवोदितले शारदा, चेतना सन्देश, नानी बालपत्रिकालगायत आधा दर्जनभन्दा बढी विभिन्न साहित्यिक पत्रिकामा समेत जिम्मेवारी निर्वाह गरिसकेका छन् । नेपाल प्रेस युनियन मोरङको हाल सल्लाहकार रहेका नवोदित संगठनले टिकट दिनेमा विश्वस्त छन् ।

“पत्रकारितामा विगत दुई दशकभन्दा लामो समयदेखिको सक्रियता, पेशाप्रतिको निष्ठा, इमान्दारिता र युनियनको नेतृत्वमा रहँदा गरेका कामको मूल्यांकन गरेर पक्कै पनि संगठनले टिकट दिनेछ,” नवोदित भन्छन्, “यसका साथै अधिकांश युवा साथीहरू र अग्रजहरूले पनि अगाडि बढ्न प्रोत्साहित गरिहनु भएको छ । संगठनले पक्कै पनि सोच विचार गरेर निर्णय लिनेछ । संगठनको निर्णयलाई आत्मसाथ गरेर अगाडि बढ्नेछु ।”

पत्रकारिताकै सिलसिलामा झण्डै डेढ दर्जन मुलुक भ्रमण गरिसकेका नवोदितका विभिन्न साहित्यिक कृतिसमेत प्रकाशित छन् । महासंघलाई कसैको दबाब र प्रभावमा नपारी समग्र श्रमजीवि पत्रकारको साझा थलोका रूपमा स्थापित गराउने उनको प्रतिबद्धता छ । “हुन त महासंघलाई पत्रकारको साझा थलो भनिन्छ, तर कतिपय अवस्थामा त्यस्तो देखिँदैन अनि महासंघ आफ्नो भूमिकाबाट च्यूत हुने अवस्था पनि आउँछ,” उनले थपे, “पूर्वअध्यक्ष, अग्रज र युवा साथीहरूको साथ र सहयोगले महासंघलाई साँच्चिकै पत्रकारहरूको साझा चौतारीका रूपमा स्थापित गराउनेछु ।”

 

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल