काठमाडौँ २५ फाल्गुन । निर्वाचन आयोगले सर्वोच्च अदालतको आदेश अनुसार दल एकीकरण सहित समस्या समाधानका लागि आउन आह्वान गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई मंगलबार पत्र काट्ने तयारी गरेको छ। आयोगका सहप्रवक्ता सूर्य अर्यालले सर्वोच्च अदालतको फैसला प्राप्त भइसकेको र त्यसबारे छलफल गर्न मंगलबार पदाधिकारीको बैठक बस्ने बताए।