विराटनगर २३ फाल्गुन । तेरापंन्थ महिला मण्डलले अन्तर्राष्ट्रिय महिला दिवसकाे पूर्व सन्ध्यामा विराटनगर महानगरका ५ जना महिला स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ । काेभिड – १९ संक्रमणका बेला उत्कृष्ट कार्य गरेकाे भन्दै आइतबार सम्मान गरेको हाे । तेरापंन्थले स्वमुल्याङ्कन गरि सम्मानित गरेको जनाएको छ । सम्मानित हुनेहरूमा रस्मी निराैला ,प्रबेशिका गुप्ता ,इन्दिरा पाेखरेल,रमा पाैडेल र निता लुइँटेल रहेका छन् । उनिहरूलाइ विराटनगर महानगरका मेयर भीम पराजुली,उपमेयर इन्दिरा कार्की ,समाजसेवी जितेन्द्र गाेल्छा ,तेरापंथ महिला मण्डलकि अध्यक्ष नलिनी सेठिया,उपाध्यक्ष मिलन नाैलखा , महासचिव निलम लाेढा लगायतले सम्मान गरेका थिए ।