Birat Post बुधबार, फाल्गुण १९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १९ फाल्गुन ।
राजा विराट कप प्रथम नकआउट क्रिकेट टुर्नामेन्ट बुधवारबाट विराटनगर-१८ झटियाहीमा शुरु भएको छ । एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले टुर्नामेन्ट उद्घाटन गरेका छन् । झटियाही खेल मैदानमा शुरु भएको प्रतियोगितामा १६ टिम सहभागी छन् ।

पराजुलीले परापूर्वकालमा राज विराटले यही क्षेत्रमा शासन संचालन गरेको तथ्यहरुले समेत पुष्टि गरेको र उनकै नाममा खेलकुद प्रतियोगिता हुनु सकारात्मक सोच भएको बताए । भने,विराट राजाको दरबार क्षेत्र संरक्षण र पुनः निर्माण महानगरको प्राथमिकतामा रहेको छ । गुरुयोजनासहित विराट दरबार क्षेत्र निर्माण र संरक्षण हुनेछ । उनले प्रदेश र संघीय सरकारले सहयोग नगरेको तर महानगरको आफ्नै पहलमा काम शुरु भएको सुनाए ।

जसपाका मोरङ अध्यक्ष राजकुमार यादवले विराट राजा दरबार क्षेत्र एतिहासिक भएको बताउँदै भने,यो क्षेत्रमा पर्यटकीय गतिविधि संचालन गर्न महानगरले ध्यान दिनुपर्छ । अब महानगरपालिकाले दक्षिण भेगको विकासमा गतिशीलता दिनुपर्छ । झटियाही युवा क्लबको आयोजनामा प्रतियोगिता शुरु भएको हो । क्लबका अध्यक्ष देवराज पन्जियारले स्थानीय स्तरमा खेलकुद विकासमा टेवा पुर्याउन र खेलाडीमा उत्साह जगाउनेछ उद्देश्यले प्रतियोगिता शुरु गरिएको बताए  ।

हामीले अवस्था सामान्य हुंदै गएको सन्देश दिन पनि टुर्नामेन्ट गरेका हौं । उनले विराटनगरबासीमा क्रिकेटप्रति निकै मोह भएको बताए ।
विराटनगर १५ का वडा अध्यक्ष असलम आलमले खेलकुदले शारीरिक र मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने र विराट दरबार क्षेत्र भेगको गहना भएको सुनाए । कार्यवाहक वडा अध्यक्ष राजदेव यादवले दक्षिण भेगको वडा पिछडिएको जस्तो देखिएपनि युवाको पहलले खेलकुद गतिविधि शुरु भएको र यो गर्वको विषय भएको बताए । कार्यक्रममा टी-२० अन्डर १९ का राष्ट्रिय खेलाडी पुष्प थापालाई सम्मान गरिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल