Birat Post मंगलबार, फाल्गुण १८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

दुहबी १८ फाल्गुन ।सुनसरी स्थित दुहबी नगरपालिका र अखिल नेपाल फुटबल संघ बिच फुटबल टेक्निकल सेन्टर निर्माणका लागि जग्गा हस्तान्तरण तथा सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सोमबार एक कार्यक्रमका बीच दुहबी नगरपालिका प्रमुख बेद गच्छदार र एन्फा केन्द्रीय अध्यक्ष कर्मा छिरिङ्ग शेर्पा बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो। दुहबी नगरपालिकाको ५० लाख र एन्फाको ५० लाख आर्थिक लगानी बाट सुरु हुने उक्त एकेडेमी मा आबस्यक लगानी थप गर्दै लैजाने गरी व्यवस्था मिलाइएको प्रमुख गच्छदारले जानकारी दिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख गच्छदारले फुटबल एकेडेमीले दुहबीको गौरबकारुपमा स्थापित हुने बताए । फुटबल खेलाडीहरु परम्परागत शैलिमा नभइ अब प्रबिधिमैत्री हुनुपर्नेमा जोड दिए । दुहबी वडा नम्बर ७ मा निर्माण हुने उक्त फुटबल एकेडेमीका लागि गच्छदारले केही समय अगाडि लगभग ६ बिगाह जग्गा उपलब्ध गराएका थिए।

प्रदेश १ अन्तर्गत जम्मा दुई एकेडेमी बन्ने भएतापनी प्रदेश वा जिल्लाकै पहिलो प्राथमिकतामा सुनसरी जिल्ला कै पहिलो दुहबी नगरपालिकाले उक्त अवसर पाएकोमा एन्फालाई प्रमुख गच्छदारले धन्यवाद समेत दिएका छन् ।कार्यक्रममा बोल्दै एन्फा अध्यक्ष शेर्पाले रङ्गशाला भन्दा एकेडेमी अत्यावश्यक रहेको बताए । एन्फा र नगरपालिका संघ बिच सम्झौता भए अनुरुप अब छिट्टै अन्तर नगरपालिका स्तरिय मेयर कप खेल सन्चालन हुनेमा आफु आशावादी रहेको बताए ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल