Birat Post आइतबार, फाल्गुण १६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १६ फाल्गुन /

युवाकवि दीपक शम्चुको कवितासङ्ग्रह ‘अनुहारमा आप्पा’को विमोचन गरिएको छ । कृष्णभूषण बल स्मृति प्रतिष्ठानले प्रकाशन गरेको सो कृतिको वरिष्ठ साहित्यकार डा. तुलसीप्रसाद भट्टराई, प्रा.डा. टंकप्रसाद न्यौपाने, वरिष्ठ आख्यानकार भागिरथी श्रेष्ठ, गीतकारसमेत रहेका प्रदेश–१ प्रहरी तालिम केन्द्रका प्रमुख एसएसपी टेक तामाङलगायतले कवितासङ्ग्रहको संयुक्त रुपमा विमोचन गरेका थिए ।

‘अनुहारमा आप्पा’ शम्चूको पहिलो कवितासङ्ग्रह हो । उनका विभिन्न पत्रपत्रिकामा फुटकर सिर्जना प्रकाशित हुँदै आएका छन् ।
विमोचित कृतिको समालोतक भूषण ढुंगेलले टिप्पणी गरे । उनले कवितासङ्ग्रहमा विभिन्न स्वादका कविताहरू समावेश गरिएको बताए । आर्थिक, सामाजिक, सांस्कृतिकलगायतका विषयलाई कविले सूक्ष्म रुपमा उठाएको उनको भनाइ थियो । कवि एवं पत्रकार मीनकुमार नवोदितले सञ्चालन गरेको सो कार्यक्रममा कवि शुभलक्ष्मी लम्साल र धीरज राईले विमोचित कृतिभित्रका कविता सुनाए । संग्रहमा ३३ वटा कविता समावेश छन् ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल