Birat Post आइतबार, फाल्गुण १६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, १६ फाल्गुन ।

नेपाल पत्रकार महासंघ मोरङले जिल्ला शाखाका पूर्व अध्यक्ष दीपक दाहालको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ । विराटनगरमा आइतबार बसेको शाखाको २० औं वैठकले नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनअन्तर्गत हुने केन्द्र र जिल्ला शाखाको निर्वाचन प्रयोजनका लागि निर्वाचन समिति गठन गरेको हो । उक्त समितिको सदस्यमा इन्दिरा भट्टराई र जिल्ला बार एसोशिएसन मोरङका १ जना प्रतिनिधि सदस्य रहने महासंघ मोरङका सचिव अर्जुन आचार्यले जानकारी दिए । निर्वाचन समिति गठन भएसँगै पत्रकार महासंघको चुनावी जोडघटाउ पनि सुरु भएको छ ।

बैठकले निर्वाचनको सन्दर्भलाई केन्द्रीत गर्दै अध्यक्ष बन्धु पोखरेल, उपाध्यक्ष कुमोद अधिकारी, उपाध्यक्ष सुशीला पाठक, सचिव अर्जुन आचार्य, सहसचिव सन्तोष राई, सत्यनारायण शर्मा र कोषाध्यष सन्तोष सिग्देल रहने गरी आर्थिक व्यवस्थापन समिति र कार्यसमिति सदस्य कौशल निरौलाको संयोजकत्वमा कार्यसमिति सदस्य हरि अधिकारी र प्रेम देवान सदस्य रहने गरी अतिथि तथा प्रतिनिधि व्यवस्थापन उपसमिति गठन गरिएको छ । कार्यसमिति बैठकले निर्वाचनलगायत अन्य विषयमा तत्कालै निर्णय लिनुपर्ने भएमा कार्यसमितिका अध्यक्ष, उपाध्यक्ष र सचिवलाई कार्याधिकार दिने निर्णय समेत गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल