विराटनगर,१३ फाल्गुन ।
कृषकका उत्पादन उपभोक्ता सामु पु¥याउनका लागि फागुन १४ गतेदेखि साप्ताहिक कृषि बजार सञ्चालनमा आउन लागेको छ ।
नेपाल युवा उद्यमी मञ्चका अनुसार कृषकहरुलाइ लाभको क्षेत्र पहिचान गराई स–साना मात्राका उत्पादन हुने कृषि वस्तुहरुलाई एकै स्थानमा कृषि बजार राखिने छ ।
कृषि बजारको उत्तरतर्फको खाली जमीनमा प्रत्येक शुक्रबार अपरान्ह ३ बजेदेखि साँझ ८ बजेसम्म बजार सञ्चालन हुने छ । मञ्चका अध्यक्ष सृजन प्याकुरेलले विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टिकृत सहकारी संघको सहकार्यमा बजारमा अर्गेनिक सागसव्जी, तरकारी, मह, नौनी, नेवारी खाजा सेट, तराईका विभिन्न समुदायका खाद्य परिकार र घरेलु उद्योगबाट उत्पादन सामाग्री राखिने बताए ।