Birat Post सोमबार, फाल्गुण १०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

सुनसरी १० फाल्गुन ।

सुनसरीको दुहबी नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलालाइ पोसिलो खाना साथै जेष्ठ नागरिकलाइ न्यानो कपडा बितरण गरेको छ। स्विस कन्ट्याक्ट् नेपालको आर्थिक सहयोग ,एक्टिभ नेपालको आयोजना र दुहबी नगरपालिकाको संयोजनमा यो कार्यक्रम ल्याइएको हो । दुहबीको वडा नम्बर ११ र १२ मा पहिलो चरणको उक्त राहत बितरण मध्य े९७ जना गर्भवती र ४४ जना ज्येष्ठ नागरिकलाइ राहत बितरण गरिएको थियो ।

वडा नम्बर ७,१०,११ र १२ मा लागु हुने गरि कार्यक्रमलाई थप प्रभावकारी बनाएको छ भने त्यहाँ रहेका ज्येष्ठ नागरिक ,गर्भवती महिला तथा सुत्केरीहरुले पोसिलो खाना पाउने छन् । एक्टिभ नेपालका डाइरेक्टर सुमन कार्की र दुहबी नगरपालिका प्रमुख बेद गच्छदारले कार्यक्रम प्रभावकारी बनाउने विषयमा सहमति समेत गरेका छन् । सुत्केरी तथा गर्भवति महिलालाइ हर्लिक्स,नुन,चिनि,खाने तेल,प्रोटिन दाल,सरफ,डिटोल साबुन,बेबि गिफ्ट,सेनिटरि प्याड,ज्वानो र अन्डा सहितको सामाग्री बितरण गरिएको पुर्वकुशाहा स्वास्थ्य शाखा प्रमुख सुनिल कुमार भगतले जानकारी दिए । कार्यक्रम अत्यन्त फलदायी भएको भन्दै गच्छदारले जनमैत्री अभियानमा यस्तै कार्यक्रम समावेश गरिने बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल