विराटनगर ९ फाल्गुन ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई अदालतले रोक्नेमा आफु बिस्वश्त रहेको बताएका छन् । अदालत सक्षम छ भनेर दुनियालाई सन्देश दिने बेला पनि अदालतका सामु आएको भन्दै सिटौलाले गलत काम रोकिनेमा कांग्रेस बिस्वश्त रहेको बताए ।प्रेस युनियन मोरङद्धारा आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता सिटौलाले अदालतलाई धम्की दिएका ओलीको पतनको बाटो शुरु भइसकेको बताए ।
अदालतले ओलीको कदम सदर ठहर्याए लोकतान्त्रिक ब्यवस्था धरापमा पर्ने बताए । राज्य आतंकका धेरै नमुनाहरु देखिन सुरु भएको भन्दै सिटौलाले यसका बिरुद्ध आवाज उठाउन आबश्यक रहेको बताए । ‘अदालतलाई धम्क्याउने, अख्तियार कब्जा गर्ने, लोकसेवा कब्जा गर्ने लगायतका काम ओली सरकारबाट भएको भन्दै सिटौलाले यसको बिपक्षमा कांग्रेस उभिरहने बताए । संविधानको ब्याख्याता सर्बोच्चको निर्णय आए संगै कांगेसले आफ्नो बाटो तय गर्ने बताए ।