Birat Post आइतबार, फाल्गुण ०९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ९ फाल्गुन / कवि लक्ष्मीप्रसाद रिजालद्वारा लिखित ‘फूलबारी’ कवितासंग्रहको विराटनगरमा विमोचन गरिएको छ ।
पूर्वाञ्चल साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिसमेत रहनुभएका प्राध्यापक कविराज, वरिष्ठ साहित्यकार दधिराज सुवेदी, प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका प्राज्ञ विवश पोखरेल, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ गंगा सुवेदी, अग्रज साहित्यकार बलराम पोखरेलले संयुक्त रुपमा संग्रहको विमोचन गर्नुभएको थियो ।

कार्यक्रममा समालोचक प्राध्यापक भूषण ढुंगेलले विमोचित कवितासंग्रहभित्र प्रेम, विद्रोह, सामाजिक विकृति, विसंगतिलगायतका विषयलाई समेटिएको बताउनुभयो । उहाँले वृद्ध उमेरमा पनि कवि रिजालमा युवा चेत सशक्त रुपमा प्रस्तुत भएको उल्लेख गर्नुभयो । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले प्रकाशित गरेको विमोचित कृतिमा ४९ वटा फुटकर कविता संग्रहित छन् । कवि भरत गुरागाईं ‘बर्बरिक’ र मीनकुमार नवोदितले विमोचित कृतिभित्रका कविता वाचन गर्नुभएको थियो । समारोहमा वरिष्ठ साहित्यकार दधिराज सुवेदी, प्राध्यापक कविराज न्यौपाने, प्राज्ञ विवश पोखरेल, गंगा सुवेदी, साहित्यकार दिङ्लाली कान्छो, समाजसेवी इन्दिरा रिजाललगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल