विराटनगर ८ फाल्गुन ।
गृहमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता रामबहादुर थापा ‘बादल’ले फुटबादीहरु मिलेर देशलाई अस्थिरतातर्फ धकेल्न खोजेको आरोप लगाएका छन्। अवसरवादीहरु दुस्प्रचारमा जुटेका छन् ,उनीहरुको उदेश्य पदलोलुप्ता थियो त्यो पुरा भएन,बादलले भने फुटबादी ,गुटबादी ,पदलोलुप्ताबादीहरु देशी,बिदेशीको प्रभावमा परेर देशमा अराजकता मच्चाइरहेका छन् ।
नेकपा ओली समूहले शनिबार विराटनगरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले यस्तो आरोप लगाएका हुन्। थापाले भने, ‘आज यो देशलाई भित्र र बाहिरका शक्तिहरुले फेरि अस्थिरतातिर, फेरि प्रतिगमनतिर धकेल्ने षयन्त्र गरिरहेका छन्।
नेकपाभित्र लुकेका अवसरवादीहरुले अहिलेको अवस्था सिर्जना गरेको भन्दै गृहमन्त्री थापाले अवसरवादी, गुटवादी र पद लोलुपहरुको पतन शुरु भएको बताए । नेकपाको सरकार बनेको तीन बर्षे कार्यअबधिको सुचांक हेर्ने हो भने देश सुशाषनका पक्षमा उभिइसकेको बताए । उनले आफ्नो कार्यकालमा कम भ्रष्टचार भएको ,अपराधीहरु कानूनी दायरामा आएको दाबी गरे । उनले निर्मला हत्याकाण्डमा सहभागी हत्यारा समेत चाडै पक्राउ पर्ने बताए ।