विराटनगर ७ फाल्गुन ।
शुक्रबार बाट विराटनगर महानगर क्षेत्रमा काम गरिरहेका पत्रकारलाई कोभिड–१९ विरुद्धको ‘कोभिसिल्ड’ खोप लगाउन शुरु गरिएको छ । विराटनगर महानगर र पत्रकार महासंघ मोरङ संगको समन्वयमा खोप लगाउन शुरु गरिएको हो । फ्रन्ट लाइनमा खट्टिरहेका पत्रकारहरुका लागि खोप सेवा दिइएको हो ।
कोभिड–१९ विरुद्धको ‘कोभिसिल्ड’ खोप लाउन पत्रकारहरुबाट माग भए बमोजि यो सेवा दिइएको विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिए । पत्रकार महासंघका मोरङ जिल्ला उपाध्यक्ष कुमोद अधिकारीले महानगरले अग्रसरता देखाएर पत्रकारहरुलाई खोप लगाउने अबसर प्रदान गरेको भन्दै धन्यबाद दिएका छन् । शुक्रबार विराटनगरका १७ जना पत्रकारले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।