Birat Post शुक्रबार, फाल्गुण ०७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ७ फाल्गुन ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा अस्थिरता र अराजकता सिर्जना गरी प्रदेश संरचनालाई कमजोर बनाउने काम भइरहेको बताएका छन् । जनताको बिकास र समृद्धिको चाहनालाई तुषारापात गर्ने काम भइरहेको भन्दै उनले यसलाई शुभ संकेत नभएको टिप्पणी समेत गरेका छन् ।

प्रदेश १ सरकारले ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा विराटनगरमा गरेको प्रभातफेरी संगै मुख्यमन्त्री कार्यालयमा भएको मुल समारोहमा बोल्दै मुख्यमन्त्री राइले यस्तो बताएका हुन् । उनले अराजकता गरेर उपलब्धि हासिल गर्ने दिन गएको भन्दै जनताको भावना अनुसार काम गर्न बर्तमान सरकार लागिरहेको दाबी गरे । उनले गणतन्त्र स्थापनामा आफ्नो जीवन उत्सर्ग गर्ने सहिदको सपनालाई पुरा गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताए । मुख्यमन्त्री राईले २००७ साल फागुन ७ गतेका दिन निरङ्कुश जहानियाँ राणाशासनको अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता प्राप्ति गरेको ऐतिहासिक दिनको सम्झनामा प्रजातन्त्र दिवस मनाइरहेको स्मरण गरे ।

मुख्यमन्त्री राईले संविधानसभाबाट लोकतान्त्रिक तथा प्रगतिशील संविधान निर्माण गरेर राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र स्वाभिमानको जोगाउदै अझ व्यवस्थित बनाउदै लानुपर्ने बताए । आगामी बैशाख १७ र २७ का लागी निर्बाचन मिति तय भै निर्बाचन आयोगले निर्बाचनको तयारी शुरु गरेको बताउदै मुख्यमन्त्री राइले देशमा भइरहेको अराजकता र फोहरी खेलबाट जोगाउन ताजा जनादेश आबश्यक रहेको औल्याए । कार्यक्रममा प्रदेश नं १ प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी), आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियत, विराटनगर महानगरका मेयर भीम पराजुली लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल