Birat Post शुक्रबार, फाल्गुण ०७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ७ फाल्गुन/ 
७१ औं प्रजातन्त्र दिवसका अवसरमा विराटनगर–११ बुद्धविहार मार्ग अलकाटोलले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
भद्राचोकमा आयोजित कार्यक्रममा स्थानीय समाजसेवी ज्येष्ठ नागरिक शम्भु भण्डारी र सुमित्रा भण्डारीलाई सम्मान गरिएको थियो । उनिहरुलाई विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्की, वडा नम्बर ११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने र आयोजक संस्थाका अध्यक्ष यादनरसिंह कार्कीले दोसल्ला ओढाएर सम्मानपत्र समर्पण गरेका थिए । अलकाटोलले प्रजातन्त्र दिवसका अवसरमा हरेक वर्ष ज्येष्ठ नागरिकलाई सम्मान गर्दै आएको छ । कार्यक्रममा कवि कृष्णराज कोइराला, इन्द्र खतिवडा, तारा नेपाल, बुद्ध ताम्राकारलगायतले प्रजातन्त्रसँग सम्बन्धित रचना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा ज्येष्ठ नागरिक समाज विराटनगर–११ का अध्यक्ष ललित श्रेष्ठ, समाजसेवी चिरञ्जीवी दाहाल, संयुक्त नगर टोल संगठन विराटनगरका अध्यक्ष राजेश मास्के, प्राध्यापक भूषण ढुंगेल, आयोजक संस्थाका सचिव खगेन्द्र संग्रौलालगायतले ज्येष्ठ नागरिक अनुभव र ज्ञानलाई राज्यले ग्रहण गर्न नसकेको बताएका थिए ।

कार्र्यक्रममा समाजसेवी ऋषिराम कोइरालाको स्मृतिमा उनकी धर्मपत्नी राधादेवी कोइराला र छोराहरु धु्रव र नरहरि कोइरालाले ज्येष्ठ नागरिक सामुदायिक भवन निर्माणका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ निर्माण समितिलाई हस्तान्तरण गरेका थिए । भद्राचोकमा करिब १ करोडको लागतमा सामुदायिक भवन निर्माण हुँदैछ ।

 

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने,देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द रहने
नेकपा एमाले विराटनगरको दोस्रो अधिवेशन हुँदै, उप-सचिवमा कला डाँगीको सम्भावना
कांग्रेसले विवेकपूर्ण निर्णय लिने बेला भो : डा.शेखर कोइराला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल