विराटनगर ६ फाल्गुन ।
विराट गोल्डकप फुटबल प्रतियोगिताको छैठौँ संस्करणलाई सफल बनाउन आठ सदस्यीय सचिवालय टिम बनाइएको छ । आयोजक विराट गोल्डकप ट्रस्टले बिहिबार बनाएको सचिवालयमा सन्तोष बानिया, मनोज बिक्रम शाह, शंकर खरेल, मनोज बस्नेत, किरण गिरी, अनुज बानिया, किशोर तिम्सिना र ध्रुब सिग्देल रहेका छन् ।
यस्तै गोल्डकप आयोजनाका आन्तरिक कार्य गर्नका लागि शनिहाट चोक रेडक्रस मार्गमा सम्पर्क अफिस समेत खोलिएको छ । विराटगोल्डकम प्रतियोगिताका लागि आयोजक विराट गोल्डकप ट्रस्टको गत शनिबार बसेको बैठकले मनोज विक्रम शाहलाई संयोजक तोकेको थियो । संयोजकको जिम्मेबारी पाएका शाहले प्रतियोगिता सम्पन्न गर्नका लागि अधितम प्रयास र व्यवस्थापनका लागि गृहकार्य गरिरहेको जानकारी दिएका छन् ।
सचिवालय टिमले खेलाडीको ब्यवस्थापन, खेलमैदानको अवस्था,भौतिक तथा सामाजिक अवस्थालाई चुस्तदुरुस्त बनाउने बताइएको छ । यस्तै सचिवालय टिमले पाएको अधिकार र गोल्डकपको मर्यादा ब्यवस्थापनमा कुनै कसर बाकी नराख्ने सचिवालय सदस्य शंकर खरेलले बताए । सचिवालय टिमले प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राइ,आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्की र विराटनगर महानगरका मेयर भीम पराजुली संग आन्तरिक सहकार्यमा रहने बताए ।
त्यस्तै आजै बसेको सचिवालय बैठकले गोल्डकप ट्रस्टीज एवं एन्फाका सहायक महासचिव बसन्त अर्याललाइ खेलाडीको टिम व्यवस्थापनको जिम्मेबारी समेत दिइएको छ । यस्तै विराटगोल्डकपमा सदाका बर्ष मोरङ ११ का नाममा सहभागि भएको खेलाडी टिम यस पटक भने विराटनगर ११ का नाम बाट मैदानमा उत्रने भएको छ । यसका लागि विराटनगर महानगरले सवै सहयोग जुटाउने भएको छ ।