विराटनगर,५ फाल्गुन ।
दुर्गम क्षेत्रका युवायुवतीहरुलाई खेलकुदप्रति आकर्षण एवं अभिरूचि बढाउनका लागि पाँचथरमा बुधबार बाट तेक्वाण्दोको प्रशिक्षण शुरु गरिएको छ ।
तेक्वाण्दोेका नयाँ खेलाडीहरू उत्पादन गर्न विद्यालयस्तरदेखि विकास गर्ने उद्देश्यका साथ प्रशिक्षण दिन लागिएको आइटीएफका केन्दीय उपाध्यक्ष एवं प्रदेश नं १ का अध्यक्ष प्रवीण कार्कीले जानकारी दिए । तेक्वाण्दोका सेकेण्ड डन नितेस खवासले प्रशिक्षण दिने छन् ।