विराटनगर,५ फाल्गुन ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिन भव्यरुपले मनाउन प्रदेश स्तरीय मुल समारोह समिति गठन गरिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयलमा भएको छलफलमा आगामी फागुन ६, ७ र ८ गते तीन दिन दिपावली, सरसफाई, प्रभातफेरी र फलफूल वितरण गरिने भएको हो ।
मुल समारोह समितिले फागुन ६ गते सरकारी कार्यालय तथा नगरको सरसफाई एवं साँझ दिपावली, ७ गते बिहान ७ बजे ट्राफिक चोकमा भेला भई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसम्म प्रभातफेरी, साँझ दिपावली र ८ गते कोशी अस्पताल , वृद्धआश्रम र अनाथाश्रममा फलफूल वितरण तथा साँझ दिपावली गर्ने कार्यक्रम गर्ने निर्णय गरेको छ । आन्तरिक तथा कानुन मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलको अध्यक्षतामा २० सदस्यीय समारोह व्यवस्थापन उप समिति समेत गठन गरिएको छ ।