काठमाडौँ ४ फाल्गुन ।
मंगलबार थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा नमुना परीक्षण गर्दा उनिहरुमा संक्रमण देखिएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ९४५ पुगेको छ ।
यस्तै ९९ कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् । यस संगै डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ३०३ पुगेको छ । संक्रमणबाट हालसम्म २०५५ जनाले ज्यान गुमाइसकेका छन् ।
हाल १ हजार ५ सय ८७ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।