काठमान्डौं ४ फाल्गुन ।
शिक्षा नियमावलीको नवौं संशोधन संगै धेरै विद्यार्थीको पढाइले निरन्तरता पाउने भएको छ । अव सरकारले कक्षा १० मा पनि भर्ना हुन पाइने व्यवस्था गरेको छ । कक्षा ९ मा भर्ना भएर रजिस्ट्रेसन फाराम भरेपछि त्यही विद्यालयबाट एसईई दिनु पर्ने प्रावधान हटाएको छ । विपद् वा महामारीका कारण पठन पाठन अवरुद्ध भएमा यस्तो सुविधा ल्याइएको हो । एक विद्यालयबाट अर्को विद्यालय वा स्थानमा जान परे सो कुराको व्यहोरा खोली निवेदन दिएमा सम्बन्धित विद्यालयले त्यस्तो विद्यार्थीलाई स्थानान्तरण गर्नुपर्ने व्यवस्था शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । यो नियमले अव धेरै विद्यार्थीको पढाइ सहज समेत हुने आंकलन गरिएको छ ।