काठमाडौँ २ फाल्गुन ।
आइतबार थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा ३ हजार ५०१ नमुना परीक्षण गर्दा उनिहरुमा संक्रमण देखिएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ७१८ पुगेको छ ।
यस्तै १३४ कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् । यस संगै डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ६० पुगेको छ भने हालसम्म २०५४ जनाले ज्यान गुमाएका छन् । हाल १ हजार ५६ सय ४ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।