मोरङ २९ माघ ।
मोरङको जहदा गाउँपालिका–१ बस्ने ५५ बर्षीया जोखनी देवी सवरीयालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा गौरीजञ्ज नगरपालिका–१ का २७ बर्षीय प्रेमलाल मण्डल रहेका छन् । सवरियाका ज्वाई नाता पर्ने मण्डलले सामान्य घरायसी विवादको बिषयमा धारिलो हतियार दाउले टाउकोमा प्रहार गर्दा सवरिया गम्भिर घाईते भएकी थिइन् । घाइते सवरियाको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
हत्या आरोपमा पक्राउ परेका मण्डलको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।