काठमान्डौ २८ माघ ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय नसच्चिए जनआन्दोलनको आँधीबेहरी ल्याउने बताएका छन् । नेकपाको असन्तुष्ट समूहको शक्ति प्रदर्शन सभामा बोल्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै प्रचण्डले निर्वाचन आयोगले गतिलो लक्षण नदेखाएको पनि बताएका छन् । ७० प्रतिशत बहुमत रहेको पक्षको आवाज नसुन्ने तर केपी ओलीले गएर धम्क्याउने बित्तिकै लत्रिने व्यवहार नदेखाउन निर्वाचन आयोगलाई उनले चेतावनी दिए ।अदालत र निर्वाचन आयोग दुवै प्रति असन्तुष्टि ब्यक्त गर्दै प्रचण्डले आन्दोलनको विकल्प नभएको बताए ।