Birat Post बुधबार, माघ २८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २८ माघ ।

के तपाई सुगर(मधुमेह) रोगी हुनुहुन्छ ? रगत परिक्षणका लागि समस्या बेहोरीरहनु भएको छ ? यसो हो भने विराटनगर महानगरका स्थानियहरुले यो समस्याबाट मुक्ति पाउनु भयो । अब निःशुल्क परिक्षण हुन्छ । यसका लागि विराटनगर महानगरले मधुमेहका रोगीहरुलाई लक्ष्यित गर्दै वडा न. ५ मा ल्याब स्थापना गरेको छ । आधारभूत स्वास्थ्य केन्द्रमै रहने गरे उक्त ल्याब सञ्चालनमा ल्याइएको हो । विराटनगर महानगरका मेयर भीम पराजुलीले बुधबार एक कार्यक्रमका बीच उक्त ल्यावको उद्घाटन गर्दै सेवाग्राहीहरु लाभान्वित हुने अपेक्षा गरे ।

ल्याव सञ्चालन र यसका लागि आबश्यक ब्यवस्थापन मिलाउन समेत मेयर पराजुलीले निर्देशन दिएका छन् । यस्तै गर्भवती महिलाहरुलाई सुरक्षित प्रसुतीका लागि नगरभित्र निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिरहेको र यसलाई थप प्रभावकारी बनाउन आबश्यक मानिस तोक्ने र सम्पर्क नम्बर समेत नगरवासीलाई प्रदान गर्न गृहकार्य भइरहेको बताए । यसका लागि नेपाल टेलिकम संग सजिलो नम्बरहरु महानगरले माग गरिरहेको बताइएको छ । कार्यक्रममा कार्यबाहक प्रमुख प्रशासकिय अधिकृत दुर्गाप्रसाद खतिवडा,वडा न. ५ का वडाध्यक्ष मीनकुमार आचार्य,कांग्रेसका नेताहरु विमलराज भण्डारी,सुदर्शन भट्टराई ,विद्यार्थी नेता त्रिभुषण गिरी ,स्वास्थ्य अधिकृत हैदर अली ,डा.रुपेश कुमार मण्डल लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल