दुहबी २६ माघ । सुनसरीको दुहबी नगरपालिका स्वास्थ्य शाखा र स्वास्थ्य निर्देशनालय प्रदेश १ को आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। दुहबी वडा नम्बर ४ का अध्यक्ष राजन बस्नेतकाे प्रमुख आतिथ्यता र एन एल आरका प्रतिनिधि माधवराज भट्टको विशिष्ट आतिथ्यतामा साेमबार भएको कार्यक्रममा नगरक्षेत्रका कुष्ठराेगीकाे पहिचान र उपचारकाे सहजताका विषयमा जाेड दिएकाे थियाे । कार्यक्रममा स्वास्थ्य साखाका फोकल पर्सन उचित नारायण साहले दुहबीमा २०७४ को मंसिर सम्म ४६१ जना कुष्ठराेगी रहेको जानकारी दिए । यस्तै पछिल्लो समय ७९ जना रेकर्डेड भएको साथै अहिले ७ जना निरन्तर उपचारमा रहेको जानकारी दिए ।