काठमान्डौं २४ माघ ।
सरकारको विरोधमा आज शनिवार शुभेच्छुक संस्थाहरूको प्रदर्शन सके सगै आगामी फागुन ३ गते ७७ जिल्लामै कांग्रेस जिल्ला कार्यसमितिको नेतृत्वमा एकसाथ सशक्त प्रदर्शन गर्ने तयारीमा कांग्रेस जुटेको छ । वर्तमान सरकार बनेपछि जनविरोधी कदमहरू र प्रवृत्तिविरुद्ध कांग्रेस संसद् र सडक दुवै ठाउँमा शालीन ढङ्गले प्रस्तुत हुँदै आएको काग्रेसले बताउदै आएको छ ।
नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन एवं आन्दोलनको शैली र संवैधानिक निकायमा गराइएको शपथका विषयमा थप गम्भीरता र एकता राख्दै आन्दोलनका कार्यक्रमहरूमा व्यापकताका लागि सबैलाई अपिल गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत संवैधानिक परिषद्सम्बन्धी संविधानमा व्यवस्था गरिएको प्रावधान, मर्म र विधिलाई वर्तमान सरकारले सुरु देखिनै कुल्चिँदै आएको टिप्पणी गर्दै त्यस विरुद्ध पार्टी संस्थागत निर्णयका साथ बिरोधमा उत्रने जनाएका छन् ।