बिराटनगर २० माघ ।
सुनसरी र उदयपुरबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् ।
सुनसरी धरान उपमहानगरपालिकाका वडा नं. १३ बाट सोमवार दिउँसो २७ बर्षीय राज कुमार तामाङ पक्राउ परेका छन् । उनी डाईजेल्याव ९ एम्पुल, फेनारागन ९ एम्पुल, लिजेसिक ९ एम्पुल अल्कोहल स्वार्स ४४ पिस र ६३ पिस सिरिन्ज सहित पक्राउ परेका हुन् ।
यसैगरी उदयपुर त्रियुगा नगरपालिका–११ बाट सोमवार साँझ नियन्त्रीत लागुऔषध सहित तिन जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ । उदयपुर बाट खटिएको प्रहरी टोलीले स्थानीय १७ बर्षीय रविन राई, २६ बर्षीय प्रभात राई र १९ बर्षीय संदेश राउतलाई डाइजेल्याव १३ एम्पुल, नफिन १४ एम्पुल र फेनेरगन ९ एम्पुल सहित पक्राउ गरेका छन् ।
लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले बताएका छन् ।