Birat Post बुधबार, माघ १४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर १४ माघ ।
प्रबुद्ध नागरिक समाजले बुधबार विराटनगरमा खुल्ला पत्रकार सम्मेलन एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

विराटनगर स्थित जनआन्दोलन चोकमा आयोजित कार्यक्रममा वोल्दै वक्ताहरुले लोकतन्त्रमा व्यक्ति ठूलो नभएर विधिको शासनको अनुशरण हुनुपर्ने बताए । उनिहरुले जनताको अभिमत स्विकार गरी संसद पुनस्र्थापना गर्नुपर्नेमा जोड दिएका छन् ।

नागरिक समाजका संयोजक प्रा. कृष्ण पोखरेलले विघटन भएर लिकबाट हटेको संसदीय व्यवस्थालाई ठिक ठाउँमा ल्याउन सडक आन्दोलन आजको आवश्यक्ता भएको बताए ।

अधिवक्ता मेदिनी सेढाई, अर्थशास्त्री प्रा.डा. प्रमोदकुमार झा र नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले संसद विघटन कार्यलाई सच्याउनका लागि नागरिक समाज सडकमा उत्रन बाध्य भएको विचार राखेका छन् ।

समाजले सडक आन्दोलनलाई अझ सशक्त ढङ्गले परिचालन गर्न प्राध्यापक, बुद्धिजीवी अधिवक्ता,मानवअधिकारकर्मी र सञ्चारकर्मीहरु रहेको ११० सदस्यीय समिति समेत गठन गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल