झापा १३ माघ ।
झापा शिवसताक्षी–११ स्थित राजमार्गबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा दमक–८ का २५ बर्षीय सत बहादुर देवान र सोही स्थानका ३२ बर्षीय दिलिप महत रहेका छन् । टेम्पोमा सवार उनिहरुलाई ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा पश्चात उनिहरु उपर चेकजाँच गर्दा डाईजेपाम–५८ एम्पुल, बुफ्रेनोर्फिन –५७ एम्पुल र प्रोमेथोजाईन–५८ एम्पुल लागुऔषध बरामद गरिएको हो ।
पक्राउ परेका दुवै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाइएको ईलाका प्रहरी कार्यालय झिलझिले ले जनाएको छ ।