काठमाडौँ १३ माघ ।
मंगलबार देशभर ३०३ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा नमुना परीक्षण गर्दा ३०३ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार सात सय ९२ पुगेको छ ।
यस्तै २८५ कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् भने ६ जनाको मृत्यु भएको छ । यस संगै उपचार पछि डिस्चार्ज हुनेको संख्या २ लाख ६४ हजार ८२३ पुगेको छ भने हालसम्म २०१७ जनाले ज्यान गुमाएका छन् ।
हाल ३ हजार २ सय ५२ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।