काठमाडौँ १२ माघ ।
सोमबार देशभर ३३९ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा ४ हजार ८ सय ३८ जनाको नमुना परीक्षण गर्दा उनिहरुमा संक्रमण पुष्टि भएको हो ।यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार सात सय ८९ पुगेको छ ।
यस्तै ४०१ कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् भने थप १० जनाको मृत्यु भएको छ । यस संगै उपचार पछि डिस्चार्ज हुनेको संख्या २ लाख ६४ हजार ५३८ पुगेको छ भने हालसम्म २०११ जनाले ज्यान गुमाएका छन् ।
हाल ३ हजार २ सय ४० सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।