विराटनगर ११ माघ ।
जनता समाजवादी पार्टी माेरङ्गले क्षेत्र नं ५ जहदा गाउँपालिकामा राहत वितरण गरेको छ । पार्टीका माेरङ्ग अध्यक्ष माे.कादिरले जहदामा रहेका १ सय ५१ परिवारलाई न्यानाे कम्बल,चामल,चाउचाउ ,खानेतेल,एकल बृद्ध अपांगता भएकाहरूलाइ नगद समेत प्रदान गरेका थिए । उक्त कार्यक्रममा जसपाका केन्द्रीय सदस्य रामलाल सुतिहार,अमरेन्द्र साह,इनामुल हक,तबरेज हक,जिल्ला उपाध्यक्ष प्रबिन जैन,रामानन्द साह,प्रदेश सदस्य फुल खान,जिल्ला सचिव ओमकार राजबंशी,महिला नेतृ गुडिया साह,सदस्य कैलाश यादव लगायतको सहभागीता रहेकाे थियाे । जसपाका जिल्ला उपाध्यक्ष प्रबिन जैनले यसका लागि विशेष सहयोग गरेकाे जिल्ला अध्यक्ष माे.कादिरले जानकारी दिए ।