विराटनगर १० माघ ।
विराटनगर–धरान सडकखण्डमा भएको सडक दुर्घनामा एक जनाको मृत्यु भएको छ ।
बुढिगंगा गा.पा.–४ गोकुवा चोकमा बस र मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । इटहरीबाट विराटनगर तर्फ आउँदै गरेको ना ४ ख ७८२३ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको प्रदेश– ३– ०२००७ प ०६८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाईते भएका मोटरसाइकल चालक झापा कचनकवल– ६ का २८ वर्षीय राम सुबेदीलाई उपचारको लागि कोशी अस्पताल लाने क्रममा बाटोमा नै मृत्यु भएको थियो ।
ठक्कर दिने बस र चालक सुनसरी ईनरुवा– ३ महेन्द्र चोकका ३२ वर्षीय रामकुमार पण्डितलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।