काठमान्डौ ८ माघ ।
भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप आज काठमाडौँ आइपुगेको छ । जसमा १० लाख डोज रहेको बताइएको छ । यो भारतमै बनेको खोप हो । एयर इन्डियाको जहाजबाट आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप ल्याईपुर्याईएको हो । सरकारले सुरूमा यो खोप स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्तिहरू, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय निकायबाट खटाइएका सफाइकर्मीलाई लगाउने जनाएको छ ।