विराटनगर ८ माघ ।
प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसले आज वडास्तरमा प्रदर्शन गर्दै छ । देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा आज विरोध प्रदर्शन आयोजना गरिएको नेपाली कांग्रेसले जनाएको छ ।
नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ । अव आज वडा स्तरीय प्रदर्शन हुने छ । यसका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका सबै वडातहमा विरोध प्रदर्शन गर्न आग्रह गरेका छन् ।