भारतमा शनिबारदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ । सन् २०२० को जनवरी ३० मा कोरोना भाइरसको पहिलो संक्रमित भेटिएको थियो । यसको एक वर्षपछि खोप अभियान सुरु भएको छ ।
भारतले विश्वकै सबैभन्दा ठूलो खोप अभियान भएको जनाएको छ । भारतमा कोरोना संक्रमणका कारण एक लाख ५१ हजार ९ सय भन्दा बढीले ज्यान गुमाएका छन् ।