विराटनगर १ माघ ।
गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालाको पालामा मन्त्रिपरिषदको विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गरेको थियो । जसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालय संग छ ।
नेपालमा पनि योगका कार्यक्रमहरु चल्न थालेका छन् । पतन्जली योग समिति मोरङले विहिवार एक कार्यक्रमको आयोजना गरी योग दिवस मनाएको छ । कार्यक्रममा सहभागी विराटनगर महानगरका मेयर भीम पराजुलीले योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यताको प्राप्ति हुने भएकाले यसको विस्तार र प्रचारको आबश्यकता रहेको औल्याए । उनले महानगर क्षेत्रलाई योगमय वनाउने कामको शुरुवात भइसकेको बताए ।
मोरङमा भएको योग कार्यक्रमको पतन्जली योग समितिका अध्यक्ष ध्रुव तामाङ , विराटनगर अध्यक्ष सिल्पा प्याकुरेलले संयोजन गरेका थिए । यसका अलावा देशका विभिन्न स्थानमा आज योगका कार्यक्रम भइरहेका छन् । योगको सुरुवात नेपालको बैदिककालदेखी चलेको देखिन्छ तर समय परिवर्तन संगै मानिसले यसलाई अवलम्वन गर्न छाडेका थिए । बर्तमान समयमा भने पुनः यसको अवलम्वन गर्न थालिएको छ ।
फोटो फिचर