जनकपुरधाम २५ पुस ।
गणतन्त्र सहित मान्य हुने हिन्दु राष्ट्रको माग गर्दै जनकपुरमा प्रदर्शन गरिएको छ। राष्ट्रिय एकता अभियानले शनिबार जनकपुरमा प्रदर्शन गरेको हो।प्रदर्शनका क्रममा बोल्दै अभियानका अध्यक्ष विनय यादवले नेपाललाई तत्काल हिन्दु राष्ट्र नवनाए देशले ठूलो क्षती बेहोर्नुपर्ने बताए ।
विदेशी डलरको लालचमा नेपाललाई हिन्दु राष्ट्र बनाइएको भन्दै उनले विरोध जनाए । आफुहरु गणतन्त्र बिरोधी नभएको भन्दै हिन्दु धर्मको संरक्षण गरिनुपर्नेमा उनले जोड दिए ।