काठमाडौं २४ पुस । चन्द्रागिरी हिल्स लिमिटेडले आज (पुस २४ गते) देखि सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले प्रति कित्ता एक सय अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर निष्काशन ल्याएको हो।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ। सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयरको वेब तथा एप मार्फत कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ।
कम्पनीको आईपीओ निष्काशन छिटोमा पुस २८ गते बन्द हुनेछ भने त्यस अवधीमा पर्याप्त आवेदन नपरे माघ ९ गतेसम्म म्याद थप हुनेछ।
चन्द्रागिरी हिल्सलाई इक्रा नेपालले इक्राएनपीआईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय राफसाफको सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।