विराटनगर २२ पुस।
राजसंस्था फर्काउन गरिएका पछिल्ला आन्दोलनहरुमा ओझ बढ्दै गएको छ । राजावादीहरू यसवाट उत्साहित भएका छन् । बुधबार राजा समर्थकहरूले इटहरी र विराटनगरमा एक साथ प्रदर्शन गरेका छन् । इटहरीवाट निस्केको र्याली विराटनगर हुदै पुनः इटहरी पुगेको थियो ।
बर्तमान सरकार र दलहरुको रवैयाका कारण आम जनमानसमा निराशा छाएको छ । जसकै कारण पनि राजावादी शक्तिहरु जुरमुराएका छन् भने यसमा सवै दल आवद्ध जनताको समर्थन वढेको देखिन्छ । इटहरीवाट कार ,मोटरसाइकल सहित निस्केको राजा बादी समर्थकहरुलाई केही हिन्दुवादी अभियन्ताहरुले समेत साथ दिएका छन् । र्यालीमा शिवसेना नेपालका केन्द्रीय अध्यक्ष अनिलबाबा बस्नेत, राजावादी अभियन्ता डिल्लीराम खनाल ,पुर्वमन्त्री बद्री प्रसाद मण्डल, कुमार सुब्बा लगायतको सहभागिता रहेको थियाे ।