Birat Post मंगलबार, पुष २१, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २१ पुष ।

नेपाली धितोपत्र बजारको हालसम्मकै ठूलो आईपीओ नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले माघ २ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।

बैंकले जारी पूँजी २० अर्बको ४० प्रतिशत अर्थात ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । निष्काशन गरिने कुल शेयरमध्ये १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । त्यस्तै ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिनेछ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि आवेदन दिने सक्नेछन् ।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड हो ।

यस हालसम्मकै ठूलो आईपीओमा माघ ६ गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि माघ १६ गतेसम्म थपिने बताइएको छ ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल