विराटनगर १६ पुष ।
नेपाली शेयर बजार ऐतिहासिक उचाइमा पुगेको छ ।
नेप्से परिसूचकले यस अघिको २०७१ को रेकर्डलाई तोड्दै हालसम्मकै उच्च स्तर छोएको छ । साताको अन्तिम कारोबार दिन बिहिबार नेप्से परिसूचक २५.२१ अंकले बढेर २०८७.२७ बिन्दुमा पुगेको छ । यस अघि नेप्सेको उच्च बिन्दु २०७१.०३ थियो ।
बिहीबार २०७ कम्पनीको ५० हजार ३८६ पटकको कारोबारमा ५ अर्ब ७० करोड ३४ लाख ६९ हजार रुपैयाँ बराबरको १ करोड १४ लाख ६४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।