Birat Post आइतबार, पुष १२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर १२ पुष ।
विराटनगर महानगरपालिका वडा नम्बर १ ले वडाका सामुदायिक विद्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

एक नम्बर वडाका तीन वटा सामुदायिक विद्यालयलाई वडाध्यक्ष उद्धव अर्यालले स्वास्थ्य सामग्री प्रदान गरेका हुन् । सो अवसरमा बोल्दै अर्यालले विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड पूरा गर्दै विद्यालय सञ्चालनमा आएको र कक्षा कोठामा दुरी कायम गर्ने, ज्वरो नाप्ने, सेनिटाइजर र मास्कको प्रयोग गर्ने जस्ता कुरालाई विद्यालयले विशेष ध्यान दिनुपर्ने बताए । कुनै विद्यार्थीलाई लक्षण देखिएमा अभिभावकलाई बोलाएर उपचारका लागि सम्बन्धित ठाउँमा लैजान आग्रह गर्ने र व्यवस्था समेत मिलाइ दिने बताए ।

राधाकृष्ण भुपालमानसिंह कार्की मावि, सयपत्री आधारभूत विद्यालय र शिव आधारभूत विद्यालयलाई ज्वरो नाप्ने मेसिन, सेनिटाइजर मेसिनलगायतका स्वास्थ्य सामग्री प्रदान गरिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल