Birat Post शुक्रबार, पुष १०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर १० पुष ।
झापा र उदयपुरमा सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

झापाको कन्काई नगरपालिका–४ कोटीहोम छेउमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको WB-61A-9385 नम्बरको ग्यास बोक्ने ट्याङ्करले मे ११ प ३५८३ नम्बरको मोटरसाईकलाइ ठक्कर दिएको थियो । ट्याङकरको ठक्करबाट मोटरसाईकल चालक ईलामको माई जोगमाई गाउँपालिका–४ का ४० वर्षीय शुभराज लिम्बु र मोटरसाईकलको पछाडी सवार ३६ वर्षीय चन्द्र कुमार लिम्बु घाईते भएका थिए । घाईतेहरुलाई उपचारको लागी बि.एण्ड.सि. अस्पताल लगिएकोमा उपचारको क्रममा चन्द्र कुमार लिम्बुको मृत्यु भएको हो । ट्याङकर र चालकलाई ईलाका प्रहरी कार्यालय सुरुङगाले नियन्त्रणमा लिएको छ ।

यसैगरी उदयपुरको कटारी नगरपालिका–१ चुरिया जंगलमा ना ३ ख ४३२१ नम्बरको मालवाहक ट्रकले प्रदेश ३–०२–०१३ प ००७४ नम्बरको मोटरसाईकलाई ठक्कर दिंदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय कटारीका अनुसार  मिर्चैयाबाट कटारी तर्फ जाँदै गरेको मोटरसाईकललाई ट्रकले ठक्कर दिंदा मोटरसाईकल चालक दुधौली नगरपालिका–११ का ५० वर्षीय दिपक कार्कीको घटनास्थलमा नै मृत्यु भएको हो ।

सम्बन्धित

ताजा अपडेट
विराट गोल्डकपको संयोजकमा नविन रिजाल, जिम्मेवारी पाएकै दिन खेलमैदानको निरीक्षण
पाठेघरको क्यान्सर न्यूनीकरणमा सबैले सहकार्य आवश्यक : स्वास्थ्यमन्त्री पौडेल
योगी आदित्यनाथसँगै भुटानी राजाले पनि महाकुम्भमा लगाए डुबुल्की

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल