Birat Post मंगलबार, पुष ०७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ७ पुष ।
मोरङ र उदयपुरका विभिन्न स्थानबाट नियन्त्रित लागुऔषध सहित ९ जनालाई पक्राउ गरिएको छ ।

मोरङको कानेपोखरीबाट लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ परेका छन् । बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले ४० ग्राम ब्राउनसुगर सहित उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कानेपोखरी गाउँपालिका–५ का १९ बर्षीय मुस्कान धिमाल, १९ बर्षीय बिक्रम मगर, २२ बर्षीय पंचन साह, कानेपोखरी–२ का २४ बर्षीय राजेश धिमाल र लेटाङ–३ का २३ बर्षीय शान्तिराम काफ्ले रहेका छन् ।

यस्तै मोरङको बिराटनगर महानगरपालिका–१६ बाट नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले धनकुटा घर भई पथरीशनिश्चरे नगरपालिका–९ बस्ने २५ बर्षीय धन बहादुर रानालाई लागुऔषध नाईट्राभेट ३०० ट्याब्लेट सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका–११ का २५ बर्षीय जोनसेना भनिने सुमन बस्नेतलाई ०.२० ग्राम लागुऔषध ब्राउनसुगर र नगद ९,६२० सहित पक्राउ गरेको छ । यस कार्यमा त्रियुगा नगरपालिका–१२ बस्ने २५ बर्षीया पार्वती मगरको समेत संलग्नता रहेको खुल्न आएसंगै मगरलाई समेत पक्राउ गरिएको छ । मगरको कोठा खानतलासी गर्दा २०.३४ ग्राम ब्राउनसुगर, नगद ५७,८००, ब्राउन सुगर सेवन गर्न प्रयोग हुने प्लेट, बिलेट, चुरोट र केही सिक्का पैसा समेत बरामद भएको थियो ।

सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका–११ का ३२ वर्षीय नसिव राईलाई १६.३७ ग्राम लागुऔषध ब्राउनसुगर र नगद ११,२०० सहित पक्राउ गरेको छ । लागुऔषध ब्राउनसुगर र नगद सहित पक्राउ परेका तिनै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल