सुनसरी ६ पुष ।
सुनसरीको भोक्राहा नरसिंह–४ बाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भोक्राहा नरसिंह–३ का ३६ बर्षीय महेन्द्र यादव र कोशी गाँउपालिका–२ का ३७ बर्षीय सुरज राम रहेका छन् । विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले साईकलमा सवार दुवैजनालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात चेकजाँच गर्दा २१ बोतल डाइलेक्स डि.सी. र १८० नाइट्रोभेट ट्याव्लेट लागुऔषध बरामद भएको हो ।
पक्राउ परेका दुवैजना उपर थप अनुसन्धान तथा कानूनी कारवाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।